प्रस, परवानीपुर, १३ कात्तिक/
उमेशचन्द्र ठाकुरद्वारा लिखित ‘अर्थतन्त्रका आयाम’ पुस्तक प्रकाशनमा आएको छ । समसामयिक अर्थराजनीतिक सरोकारका विषयमा ठाकुरको दशकौंको लेखनलाई पुस्तकमा सङ्ग्रहित गरिएको छ ।

ठाकुरले विसं २०३९ देखि निरन्तर लेखन गर्दै आएका छन् । आर्थिक विश्लेषण, औद्योगिक व्यवस्थापन, श्रम सम्बन्ध र आर्थिक–सामाजिक परिवर्तनबारे उनले आफ्नो गहिरो जानकारी र अनुभवलाई पुस्तकमा प्रस्तुत गरेका छन् ।

यो पुस्तक विगत एक दशकभन्दा लामो समयदेखि प्रकाशित ७६ वटा उत्कृष्ट आलेखहरूको सङ्गालो हो, जसले देशको आर्थिक र औद्योगिक पाटोमा गहिरो दृष्टिकोण प्रस्तुत गर्छ ।

पुस्तकको संयोजन पत्रकार ओमप्रकाश खनालले गरेका थिए । पत्रकार खनालले सो पुस्तक वर्तमान अर्थराजनीतिक र औद्योगिक परिदृश्यलाई विगतसँग तुलना गर्ने र भविष्यलाई दृष्टिगत गर्ने खालको आँखीझ्याल भएको बताए ।

खनालले पुस्तकलाई समयसापेक्ष दृष्टिकोणले तयार गरिएको र आगतलाई सही ढङ्गले बुझ्न तथा स्वागत गर्न सक्षम रहेको ठानेका छन् । उनले यो पुस्तक पाठकलाई पुराना आर्थिक विश्लेषणमार्पmत आधुनिक आर्थिक चुनौतीहरूको मूल्याङ्कन गर्न मार्गदर्शन दिने उद्देश्यले तयार पारिएको छ ।

ठाकुरको लेखनयात्रा उद्योग, व्यापार र श्रम सम्बन्धमा आधारित छ, जहाँ उनले औद्योगिक प्रतिष्ठानहरूको व्यवस्थापनमा आफ्नो गहिरो अनुभवलाई समेटेका छन् । निजी क्षेत्रमा लामो समयदेखि संलग्न रहेका ठाकुर औद्योगिक शान्ति, श्रम सम्बन्ध र सामाजिक–आर्थिक सम्बन्धका विषयमा विशेष दखल राख्छन् ।

उनका लेखमा सामाजिक–आर्थिक परिवेशमा देखिएका परिवर्तन, औद्योगिक विवादहरूको समाधान र व्यापारिक चक्रको प्रभावलाई समेटिएको छ ।

पुस्तकमा समेटिएका आलेखहरूले ठूला औद्योगिक र श्रमिक आन्दोलनदेखि आर्थिक नीति, निजी क्षेत्रको भूमिका र सरकारका आर्थिक नीतिहरूको विश्लेषणलाई समेटेका छन् ।

लेखहरूमा आर्थिक असमानता, उदारीकरणको प्रभाव र श्रमिक वर्गका समस्याहरूको सजीव चित्रण गरिएको छ । पुस्तकले हालका श्रम आन्दोलनहरू, उद्योगी–व्यवसायीहरूबीचको सम्बन्ध र नीति निर्माताहरूलाई आर्थिक सुधारको दिशातर्पm निर्देशित गर्न महŒवपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

लेखक ठाकुरले पुस्तक प्रकाशित गर्न सहयोग पु¥याउने सम्पूर्ण व्यक्ति र संस्थाहरूप्रति आभार व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here