प्रस, वीरगंज, १३ कात्तिक/
इलाका प्रहरीकार्यालय बारागढीले लागूऔषध बिक्री गरेको आरोपमा एकजना क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ । एमआर पोलिक्लिनिकका सञ्चालक राजेश साह कानुलाई लागूऔषध बिक्री गरेको आरोपमाा प्रहरीले पक्राउ गरेको हो ।
बारागढी गाउँपालिका–२ मलाहीचोक स्थित एमआर पोलिक्लिनिकमा प्रहरीले चेकजाँच गर्दा लागूऔषध बरामद भएको थियो । प्रहरीले सो पोलिक्लिनिकबाट कोरेक्स ५ थान, नाइट्रोभ्याट ४७ पिस, ट्रमवेल २० पिस, लोरी, बुप्रिजेसिक र फेनारगन ३/३ पिस बरामद भएको प्रहरीले जनाएको छ ।