प्रस, वीरगंज, १२ कात्तिक/
नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था जय नेपाल फाउन्डेशनको सोमवार सम्पन्न भेलाले पर्सा जिल्ला कार्यसमिति विस्तार गरेको छ ।
मनवर साह संयोजक रहेको जिल्ला कार्यसमिति पर्साका चारवटै निर्वाचन क्षेत्रमा क्रमशः विजेन्द्र चौरसिया, पृथ्वी आलोक, मुमताज देवान, जयनेपाल चौरसियालाई क्ष्Fेत्रीय संयोजकको जिम्मेवारी दिइएको छ ।
यसैगरी, महिला संयोजक मिन्टु देवी, सचिव सुदर्शन लामिछाने, सहसचिव इन्द्रासन यादव र कोषाध्यक्षमा सन्तोषीदेवी खतिवडालाई जिम्मेवारी दिइएको संयोजक साहले बताए । यसैगरी, प्रदेशसभा अन्तर्गत आठवटा संयोजकहरू क्रमशः प्रेम यादव, कुणाल महतो, चन्दन पटेल, आकाश गुप्ता, सुनील साह कानू रहेका छन् । जनजाति संयोजकमा नितेश चौधरी, प्रेस संयोजकमा क्रान्ति साह, राहुल गुप्ता रहेका छन् ।
भेलामा कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यले देशको राजनीति अहिले निकै कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै यसलाई पार लगाउने जिम्मेवारी नेकाको काँधमा रहेको बताए । फाउन्डेशनका संयोजक साहको अध्यक्षतामा भएको कार्यक्रममा शम्भु चौहान, सन्तोष गुप्ता, प्रमोद कुशवाहा, रोशन लामिछाने, सन्तोष सिंह, राकेश यादव, बाबूलाल पटेललगायतको सहभागिता थियो ।