प्रस, वीरगंज, ९ कात्तिक/
उपकार सेवा नेपालले शुक्रवार एकजना अपाङ्गलाई ह्वीलचेयर सहयोग गरेको छ । लामो समयदेखि शारीरिकरूपले पूर्ण अपाङ्गता भएका वीरगंज–१६ नगवा नयाँबस्ती बस्ने २० वर्षीय युवकलाई संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले घरमैं पुगेर ह्वीलचेयर हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारूलगायतको सहभागिता थियो । संस्थाकी अध्यक्ष सरावगीले शारीरिकरूपमा अशक्त व्यक्तिहरूलाई ह्वीलचेयरलगायत अन्य कुनै किसिमको सहयोग चाहिएमा उपकार सेवा नेपालको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here