नरेश यादव, पर्सागढी, ९ कात्तिक/
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले पर्सागढीमा रहेका सहकारी संस्थाहरूले किसानहरूको जीवनस्तर उकास्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
‘आजको आवश्यकता कृषिको आधुनिकीकरण’ नाराका साथ पर्सागढी नगरपालिका–३ स्थित सुनाखरी कृषि सहकारी संस्था लिमिटेडको ११औं साधारणसभामा उनले किसानहरूको आर्थिक अवस्था सुधारमा ध्यान दिनुपर्ने बताए । उनले सहकारी संस्थाहरूलाई नकारात्मक सोच लिएर काम नगर्न आग्रह गरे । उनले पर्सागढीमा रहेका सहकारीहरूले व्यवस्थित भएर कारोबार गर्न सुझाव दिए ।
कार्यक्रममा लेखा प्रमुख उद्धव उप्रेतीले आय–व्यय विवरण प्रस्तुत गरेका थिए । संस्थाकी अध्यक्ष सरस्वती भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पूजा चौधरी, पशु शाखा प्रमुख पुष्पेन्द्र साहलगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत टीका श्रेष्ठ र सहजीकरण अर्जुन नेपालले गरेका थिए ।