प्रस, वीरगंज, ८ कात्तिक/
विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ वीरगंजको आयोजनामा बिहीवार जनचेतनामूलक ¥याली, कोणसभा र मानव साङ्लो प्रदर्शन गरिएको थियो ।

रोटरी भवनबाट शुरू भएको ¥याली नगरपरिक्रमा गरी घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नगरप्रमुख राजेशमान सिंहले पोलियो रोग उन्मूलनमा गैरसरकारी संस्थाहरूको भूमिकाको प्रशंसा गरे । उनले यस प्रकारका कार्यक्रममा महानगरको सदैव साथ र सहयोग रहने बताए ।

कोणसभापछि रातो बङ्गला परिसरमा सन्देशमूलक मानव साङ्लो प्रदर्शन पनि गरिएको थियो । ‘इन्ड पोलियो’ सन्देशसहितको मानव साङ्लो बनाएर प्रदर्शन गरिएको रोटरी क्लब अफ वीरगंजका अध्यक्ष निर्मल खत्रीले बताए ।

कार्यक्रममा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, भारतीय महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवी सहाय मीणा, डा नीरज सिंह, स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here