प्रस, सिम्रौनगढ, ८ कात्तिक/
सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साह घूस लिंदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई कलैया उपमहानगरपालिका–४ बाट लेनदेनको क्रममा पक्राउ गरेको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साहलाई बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग रु ७८ हजार घूस लिंदै गर्दा पक्राउ गरिएको आयोगका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here