प्रस, पोखरिया, २९ भदौ/
थारू जाति र थरुहट क्षेत्रबाट लोप हुँदै गएको शास्त्रीय सङ्गीत जगेर्ना गर्न पटेर्वासुगौली गाउँपालिकाले शनिवार शास्त्रीय सङ्गीत कक्षा सञ्चालनमा ल्याएको छ ।

गापाध्यक्ष दिनेश चौधरीले शनिवार शास्त्रीय कक्षाको उद्घाटन गरे । गापाले आजदेखि कक्षा सञ्चालनमा ल्याएको र त्यहाँ शास्त्रीय सङ्गीत सिकाउने गापाध्यक्ष चौधरीले बताए । उनले यस अघि थारू जाति र थरुहट क्षेत्रबाट लोप हुँदै गएको शास्त्रीय सङ्गीत जगेर्नाका लागि गापाले शास्त्रीय सङ्गीत अध्ययन प्रतिष्ठान गठन गरेको जानकारी गराए ।

पटेर्वासुगौली गापा–४ सुगौलीदापस्थित गुदरबाबा मठमा शास्त्रीय सङ्गीत अध्ययन प्रतिष्ठानको कार्यालय स्थापना गरी सोही कोठामा शास्त्रीय सङ्गीत कक्षा पनि सञ्चालनमा ल्याइएको अध्यक्ष चौधरीले बताए ।

थारू जातिबाट लोप हुँदै गएको शास्त्रीय सङ्गीतको जगेर्ना गर्न र अहिलेका पीढीलाई सोबारेमा जानकारी गराउने उद्देश्यले शास्त्रीय सङ्गीत अध्ययन प्रतिष्ठान गठन गरी सङ्गीत कक्षा सञ्चालन गरिएको उनले बताए ।

सङ्गीत कक्षामा थारू जातिको कला संस्कृति र पहिचानसँग जोडिएका तबला, ढोलक, बेन्जु, हार्मोनियमलगायतका वाद्यवादन बजाउन सिकाइने उनले बताए । सो कार्यका लागि भारतबाट दुईजना प्रशिक्षक गापाले ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here