प्रस, पोखरिया, १५ भदौ/
बहुदरमाई नगरपालिका–६ भौराटारमा शनिवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा, हिमालयन क्याट¥याक्ट, तिलगङ्गा आँखा अस्पताल र बहुदरमाई युवा समाजको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको थियो ।
वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा १२८ जनाको आँखा जाँच गरिएकामा ५३ जनामा मोतीबिन्दु फेला परेको सामुदायिक आँखा अस्पतालका स्वास्थ्य संयोजक महेशसिंह धामीले बताए ।
मोतीबिन्दुका बिरामीलाई भोलि भदौ १६ गते आइतवार सामुदायिक अस्पतालमा निश्शुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको स्वास्थ्य संयोजक धामीले बताए ।
नेपाली काङ्ग्रेसका नेता राकेश यादवले उद्घाटन गरेको शिविरमा युवा समाजका अध्यक्ष कृष्ण कुशवाहा, सचिव सुवास प्रजापति, कोषाध्यक्ष राकेश तिवारीलगायतको सहभागिता थियो ।