प्रस, वीरगंज, १४ भदौ/

विद्यार्थीहरूको अङ्ग्रेजी भाषामा विशेष दक्षता वृद्धिका लागि शुक्रवार ज्ञानदा एकेडेमीले अङ्ग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। 

कार्यक्रममा प्रमुख अतिथि दिगम्बर थापाले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा यस प्रकारका गतिविधीहरू सहायक साबित हुने बताए। किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सहभागिता गराएर सबै क्षेत्रमा उनीहरूलाई अनुभवी बनाउने अभ्यास विद्यालयस्तरबाट गरिनुपर्ने सुझाए। 

एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले अहिलेको परिप्रेक्ष्यमा जुनसुकै क्षेत्रमा कडा प्रतिस्पर्धा गर्नुपर्ने भएकोले यस प्रकारका प्रतिस्पर्धाले विद्यार्थीहरूको आत्मविश्वास बढ्नुका साथै उनीहरूमा लक्ष्यप्राप्तितर्फ अग्रसर हुन टेवा पुग्ने बताए। 

वत्तृmत्वकलामा एकेडेमीका कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरू सहभागी थिए। उनीहरूमध्ये प्रतियोगितामा कक्षा ११ की प्रिन्सी सर्राफ प्रथम, आराध्या श्रीवास्तव दोस्रो र स्नेहा सर्राफ तृतीय भए। 

कक्षा १२ बाट श्वेताराज कलवार प्रथम, अनुपम उपाध्याय दोस्रो र साक्षीकुमारी साह तृतीय भए। प्रतियोगिताको निर्णायकमा अङ्ग्रेजी विभागका शिक्षकहरू सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here