प्रस, पर्सागढी, १० भदौ/
पर्सागढी नगरपालिका–७ र ९ वडाका एकटाँगा र रघुनाथपुर सडक खण्डमा जमेको पानीलाई सोमवार नगरप्रमुख गोकर्ण पाठकको अगुवाइमा निकास दिइएको छ ।
वर्षामा परेको पानी सो सडक खण्डमा जमेको तर एकटाँगा र रघुनाथपुरवासीले पानी निकासको लागि सडक खन्न रोक लगाएका थिए । सडक नखनेर जमेको पानीले निकास नपाएको र आवतजावतमा समस्या भएपछि नगरप्रमुख पाठकले प्रहरी परिचालन गर्दै जेसिबीबाट सडक कटान गरी पानीको निकास निकालेका थिए ।