ओमप्रकाश चौधरी, सेढवा, २८ साउन/
जीराभवानी गाउँपालिका–२ सेढवा निवासी लक्ष्मण भैया थारूको घरमा एकाबिहानै किसानहरू उनलाई खोज्दै आउँछन् ।
थारूलाई किसानहरूले भूमिगत सिचाईंका लागि जडान गरिएका दमकल मेशीन मर्मतका लागि खोज्दै जाने गर्छन् । जगरनाथपुर गापा–४ का किसान विक्रम दास थारूलाई बिहान भेट गरे पनि दमकल मर्मतका लागि आफ्नो पालो राति मात्र आएको बताए । धानमा रासायनिक मल युरिया छर्न ढिला भएको र खेतमा पानी नभएकोले सिचाईंका लागि दमकल बिग्रिएका कारण उनी थारूलाई भेट्न गएका थिए ।
दासझैं जीराभवानी गापा–१ का किसान अनन्त महतोले पनि मिस्त्री थारू धानमा सिंचाइ गर्ने क्रममा बिग्रिएको दमकल मर्मत गराउनका लागि बिहानै उनीकहाँ पुगेका थिए । महतो मोटरसाइकल लिएर मिस्त्री थारूलाई दमकल मर्मतका लागि खेतमा लैजान आएका थिए ।
दमकल मर्मत गर्ने मिस्त्री लक्ष्मण भैया थारूको दैनिकी अहिले धानखेतीको बखत दमकल बिग्रिनेहरूको मर्मत सम्भार गर्दैमा बितिरहेको छ । मिस्त्री थारूले बिहान औजार लिएर निस्केपछि कति बेला घर फर्किने ठेकान नभएको बताउँछन् ।
किसानहरूको दमकल मर्मत गर्न कहिले कुन गाउँ त कहिले कुन गाउँमा जानुपर्छ । अहिले सिंचाइको लागि सबैलाई दमकल चालू अवस्थामा चाहिएको छ र समस्याग्रस्त दमकलको मर्मत गर्दैमा मिस्त्री थारूलाई खानेसम्मको फुर्सद छैन । उनी भन्छन्– “बिहान निस्किएपछि कुन बेला खाने भन्ने ठेगान हुँदैन अहिले । धानखेतीमा अहिले सिंचाइको समय छ, सबैलाई दमकल आवश्यक हुन्छ अनि समयमा दमकल बनाउनुपर्ने दायित्व निर्वाह गर्दा खानेसम्मको फुर्सद हुँदैन । सबैजनालाई आफ्नो काम होस् भन्ने चाहना रहन्छ र अहिले सिजनमा खानाभन्दा कमाउने भोक बढिरहेको मिस्त्री थारू बताउँछन् ।
अहिले कमाउने सिजन छm त्यसैले बढी पारिश्रम गर्दा सोही अनुसार ज्याला पनि पाउने गरेको उनी बताउँछन् । मिस्त्री थारूले अहिले दमकल मर्मत गरेर दैनिक चार/पाँच हजार कमाउने गरेका छन् । पैसा नहुने किसानहरूको पनि दमकल मर्मत गरेर सेवा भाव देखाउने गरेको उनि बताउँछन् ।
अहिले पैसा नभएकाहरूले धान बालीपछि पनि दिने गरेको उनि बताउँछन् । गरीब किसानहरू पनि पैसा अभावमा दमकल मर्मतबाट वञ्चित हुन नपरेको मिस्त्री थारू बताउँछन् । गाउँघरमा दमकल बनाउने मिस्त्री नभएकाले अहिले सिजनमा समस्या देखिएको र यसका लागि छोरालाई चाहना रहन्छ र अहिले सिजनमा पनि मर्मत गर्न तयार पारेको उनी बताउँछन् ।
काम सिकेर छोरा पनि गाउँमा नबसेर बढी पैसा कमाउन चितवन जिल्ला गएको उनी बताउँछिन् । छोरा हुँदा केही राहत थियो तर अहिले छोरा नहुँदा एक्लै काम गर्न समस्या हुने गरेको उनि बताउँछन् । जीराभवानी, ठोरी, पटेर्वासुगौली र जगरनाथपुर गापाका किसानहरूका मिस्त्री थारूले एक्लै बिग्रिएको मर्मत सम्भार गर्दै आएका छन् ।
उनले तत्काल पारिश्रमिक दिन नसक्नेले महीना/दुई महीनापछि पनि भुक्तानी गर्ने गरेकाले अहिलेको कमाइसँगै पछिसम्मका लागि कमाइ सुरक्षित हुने गरेको बताए । कतिपय किसानले वार्षिकरूपमा भुक्तानी व्यवस्था गरेको उनि बताउँछन् । वर्षभर बिग्रिएको दमकल बनाउने अनि प्रनि दमकल वार्षिक एक क्वीन्टलसम्म धान, गहँु पाउने गरेका
े मिस्त्री थारू बताउँछन् ।