प्रस, परवानीपुर, २८ साउन/
वीरगंज–१३ राधेमाईमा घर निर्माणको क्रममा करेन्ट लागेर एकजना मजदूर घाइते भएका छन् । पर्सा प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं २ बरैनिया बस्ने वर्ष २५ का इम्तियाज मियाँ तेली रहेका छन् ।

घरको ढलान गर्ने क्रममा अचानक करेन्ट लाग्दा तेली घाइते भएका हुन् । वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक धर्मजङ्ग थिड्ढा अनुसार बिहान साढे ११ बजे एक तले घरको छत ढलान गर्न मेशीन जोडिरहेको अवस्थामा ११ हजार केभिएको तारबाट करेन्ट प्रवाह भएर उनी घाइते भएका हुन् । उनको दायाँ हातको औला र बायाँ खुटामा गम्भीर चोट लागेको छ । करेन्टले पेट पनि पोलेको छ ।
घाइते तेलीको अवस्था गम्भीर रहेको र उनको हातको शल्यक्रिया गर्नुपर्ने नीलकण्ठ अस्पतालका अर्थोपेडिक सर्जन डा अरविन्दकुमार साहले जानकारी गराए । घरधनी भने हाल फरार रहेको बताइएको छ । तेलीको उपचार चन्दा उठाएर भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here