प्रस, पोखरिया, २८ साउन/
जगरनाथपुर गाउँपालिकाको जानकीटोलास्थित गण्डक नहरमा सोमवार दिउँसो ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय, पोखरियाले छिपहरमाई गापाको टिउँकी निवासी चालक प्रेममुखिया बिनको मृत्यु भएको जनाएको छ । गण्डक नहरको पुलमा ट्याक्टर अनियन्त्रित भएर पल्टिएको र इन्जिनमा च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । रामभौरीभाथामा लागेको दुग्धेश्वर महादेवको मन्दिरमा सोमवारी मेलाबाट फर्कने क्रममा प्रदेश २–०२ ०१ त ५३३९ नम्बरको ट्याक्टर पल्टिएको प्रहरीले जानकारी गराएको छ । शव शल्यपरीक्षणका लागि नारायणी अस्पतालमा पठाएको इप्रका पोखरियाले जनाएको छ ।