प्रस, वीरगंज, २८ साउन/
नेकपा एमाले पर्सा जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक सोमवार सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष डा विश्वम्भर शर्माको अध्यक्षता तथा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका इन्चार्ज एवं बैठकका प्रमुख अथिति लीलानाथ श्रेष्ठले मिसन ८४ को लक्ष्य लिएर ग्रासरुटमा पार्टी सङ्गठन निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले पार्टीमा इमानदारी र निष्ठावान् कार्यकर्ताले मात्र अवसर पाउने बताए । बैठकमा मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्यहरू जालिम मियाँ, ठाकुरप्रसाद न्यौपाने, मुन्नी श्रीवास्तवलगायतले बैठक सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । बैठकमा उपाध्यक्ष मनोजकुमार गुप्ताले प्रस्ताव प्रस्तुत गरे भने सहजीकरण सचिव महेश दासले गरेका थिए । बैठकले सचिवालय गठन, कार्यविभाजन र जिल्ला कमिटी सदस्यमा मनोनयन गरेको सचिव दासले बताए ।