प्रस, वीरगंज, २८ साउन/
युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महीनाभित्रै जारी हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा सोमवार आयोजित कार्यक्रममा मन्त्री चौधरीले निकट भविष्यमैं राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने बताए । उनले सकेसम्म भदौ महीनाभित्रै ल्याउने गरी तयारी भइरहेको जानकारी गराए ।
उनले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने सङ्कल्प गर्न आवश्यक रहेको बताए । उनले नेपाली युवाहरूको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताए । उनले सिर्जना, क्षमता र साहसको स्रोत मान्ने युवा वर्गलाई समयमैं रोजगार, सञ्चार, खाद्यान्न, शिक्षादीक्षा, जलवायुलगायतका महŒवपूर्ण विधामा भएको रूपान्तरणलाई आत्मसात् गरी नवीनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको बताए ।
मन्त्री चौधरी सिर्जना, क्षमता र साहसको स्रोत मान्ने युवावर्गलाई समयमैं रोजगार, सञ्चार, खाद्यान्न, शिक्षा, दीक्षा, जलवायुलगायतका महŒवपूर्ण विधामा भएको रूपान्तरणलाई आत्मसात् गरी नवीनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको बताए । उनले समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने सुझाए ।
मन्त्री चौधरीले दिगो विकासका लक्ष्यप्राप्तिका लागि मोबाइल, उपकरण, डिजिटल प्लेटफर्महरू, आर्टिफिसियल इन्टलिजेन्स विकासका महŒवपूर्ण साधन बनेका र यसले आर्थिक, सामाजिक र वातावरणीय आयामहरूमा गहिरो प्रभाव पार्नुका साथै नीति निर्माणका लागि समेत आधार तय गर्दै गएको बताए ।
उनले भने– “नेपाली युवाहरूको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताए । समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्छ । स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने सङ्कल्प गन आवश्यक छ । नेपाली युवाहरूको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक छ ।”