दिल्ली पब्लिक स्कूल वीरगंजको आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्षदेखि विद्यालयले आप्mनै परिसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा सातजना महिलासहित ५१ जनाले रक्तदान गरेको विद्यालयका प्रधानाध्यापक रञ्जीत आनन्दले जानकारी गराए । गत वर्ष विद्यालयले ६६ पिन्ट रगत सङ्कलन गरेको
वीरगंजमा अध्यधिक गर्मीका कारण रक्तदाताको सङ्ख्यामा कमी आई रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय, पर्साद्वारा आइतवार आयोजित रक्तदान कार्यक्रममा चारजना महिलासहित ६९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।
जिल्ला प्रहरी कार्यालय, पर्सामा आयोजित रक्तदान कार्यक्रममा लक्ष्मी खरेल, पूर्णकुमारी श्रेष्ठ, नीता थापा, राधिका पटेल, शम्भु यादव, अमरुद मियाँ, रामाकान्त पासवान, विजय यादव, कृष्ण चौधरी, सलमान मियाँ, प्रमोद साह, पुष्कर थामी, राजन सिंह, राजन बराल, रामकुमार भण्डारी, कमल देवकोटा, दिनेश यादव, रजनीश झा, उमेश पासवान, नितेश पटेल, दिनेश सिंह, रामभजन गिरीलगायतले रक्तदान गरेको प्राविधिक कुशवाहाले बताए ।