प्रस, जीतपुर, २४ साउन/
मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराले आव २०८०/८१ मा २३ करोड ३० लाख ७९ हजार ७५६ जरिवाना असुल गरी राजस्व दाखिला गरेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी गराएका छन्।
उनले आव २०८०/८१ मधेसका आठ जिल्लामा छ हजार ५८ वटा दुर्घटना भएकामा ५३० जनाको मृत्यु र नौ हजार ७४५ जना घाइते भएको बताए ।

यस अवधिमा सप्तरीमा ६३८ वटा दुर्घटना भएकामा ५६ जनाको मृत्यु र एक हजार ५१ जना घाइते भएका छन् भने सिराहामा ९७५ वटा दुर्घटनामा ६८ जनाको मृत्यु एक हजार ५७९ जना घाइते, धनुषामा एक हजार ११ वटा दुर्घटनामा ७४ जनाको मृत्यु र एक हजार ७३० जना घाइते भएका छन् ।

त्यस्तै, महोत्तरीमा ५०४ वटा दुर्घटनामा ६८ जनाको मृत्यु र ७७२ जना घाइते भएका छन् भने सर्लाहीमा ६८७ वटा दुर्घटनामा ७२ जनाको मृत्यु र एक हजार ११८ जना घाइते भएका छन् । रौतहटमा ६७३ वटा दुर्घटनामा ६६ जनाको मृत्यु र एक हजार ७४ जना घाइते भएका छन् । बारामा ९४६ वटा दुर्घटनामा ७५ जनाको मृत्यु र एक हजार ६१७ जना घाइते भएका छन् भने पर्सामा ५४४ वटा दुर्घटनामा ५१ जनाको मृत्यु र ८०४ जना घाइते भएका प्राप्त तथ्याङ्कमा उल्लेख छ । प्रउ बोगटीका अनुसार सवारीसाधन तथा सवारी चालकको गलती तथा कमीकमजोरीको मात्रा बमोजिम रु पाँच सयदेखि रु पाँच हजारसम्म जरिवाना गरिन्छ । यस कार्यालय अन्तर्गत आठ जिल्लामा दुई लाख ५९ हजार सवारीसाधनका चालकलाई जरिवाना गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here