ओमप्रकाश चौधरी, सेढवा, २० साउन/
पर्साको ग्रामीण क्षेत्रका बासिन्दाहरू साउन महीनामा विभिन्न धार्मिक एवं पर्यटकीय स्थलमा भ्रमण गर्न जाने क्रम बढेको छ।

अधिकांश किसानले वर्षेबाली धान रोपाइँ सकाएका कारण उनीहरू खेतीपातीपछि नेपाल र भारतका धार्मिक तथा पर्यटकीय स्थलका भ्रमणमा निस्किने गरेका छन् । किसानहरू खेतीपातीको झन्झटबाट मुक्त भएपछि साउनमा विभिन्न स्थानका शिवमन्दिर तथा शक्तिपीठहरूको दर्शन गर्न धार्मिक यात्रामा निस्किएका छन् । यसका साथै अधिकांश पालिकाका सामुदायिक विद्यालयहरूमा पनि वर्षे बिदा भएकोले शिक्षकहरू पनि भ्रमणमा छन् । आर्थिकरूपमा सम्पन्न शिक्षक, विद्यार्थीहरू पनि राजधानी काठमाडौं, पर्यटकीय गन्तव्य पोखरा, तानसेन, बुटवल, भैरहवा, लुम्बिनी, धरान, इलाम, झापालगायतका ठाउँहरूमा भ्रमणमा गएका छन् । यसै महीनामा भारतका प्रसिद्ध देवघर, वासुकीनाथ, अयोध्या, बनारस, कोलकाता, जगरनाथपुरी, गङ्गासागर, प्रयागराज, वैष्णोदेवीलगायतका धार्मिकस्थलहरूमा जाने गर्छन् । साथै हरिद्वार, ऋषिकेश, आगरा, नैनीताल, सिमला, दिल्ली, मथुरा वृन्दावनलगायतका स्थानमा पनि पर्यटकहरू जाने गरेका छन् । यस वर्ष चितवनको सिमलतालमा भएको अप्रिय दुर्घटनाका कारण नेपालको पहाडी क्षेत्रमा भ्रमणको लागि जानेको सङ्ख्या एकदमै न्यून रहेको छ ।

जीराभवानी गाउँपालिका–२ का नन्दकिशोर साहले करीब ४० जना धार्मिक यात्रीलाई लिएर भारतका विभिन्न स्थानको भ्रमणका लागि प्रस्थान गरेको बताए । उनले बिहार, उत्तर प्रदेश, उतराखण्ड, दिल्ली, पञ्जाब राज्यका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने बताए । भ्रमणका लागि भारतीय नम्बरको गाडी लिई यात्रीहरूलाई भारत लैजाने गरेको साहले बताए ।

भ्रमणका क्रममा गोरखपुर, अयोध्या, कानपुर, गाजियाबाद, आगरा, लखनउ, हरिद्वार, ऋषिकेशलगायतका स्थानहरूको भ्रमण गर्ने योजना रहेको बताए । यसका साथै भारतको दार्जिलिङ्ग, सिक्किम र वैष्णोदेवीको दर्शनका लागि पनि मानिसहरू गइरहेका छन् ।

ग्रामीण क्षेत्रका मानिसहरू आर्थिक अवस्था अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको वार्षिकरूपमा अवलोकन भ्रमण गर्दै आएका छन् । वर्षभरिको तनाव भ्रमणबाट मेटिने अभिप्रायले सामथ्र्य अनुसारको यात्रा गर्ने क्रम पहिलेदेखि नै हुँदै आएको छ । यही साउन महीनामा जीराभवानी गापा अन्तर्गतको बाबा बटेश्वरनाथ काँवरिया सङ्घको आयोजनामा सयौंको सङ्ख्यामा काँवरियाहरूको त्रिवेणी जल भर्न जाने कार्यक्रम रहेको छ ।

यसका साथै पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत दुग्धेश्वर महादेव मन्दिर, रामभौरीभाथा र ठोरीको भ्रमण गर्ने पनि बढेका छन् । हुलाकी सडक निर्माण भएकोले पछिल्लो समय ठोरीको भ्रमण गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । तर शिवभक्तहरू साउन महीनामा बिहारको सुल्तानगंजमा जल भरेर झारखण्डमा रहेको nभगवान् शिवको मन्दिर देवघरमा जल चढाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here