प्रस, परवानीपुर, १४ साउन/
पर्सा, पकाहामैनपुर गाउँपालिका–४ खेस्राहा बस्ने ४० वर्षीय वीरेन्द्र गिरीको भारतको लद्दाखमा रहस्यमय मृत्यु भएको छ ।

एक साता अघि घर निर्माणको क्रममा १० तलाबाट खसेर उनको मृत्यु भएको बताइए तापनि परिवारजनले उनको मृत्यु शङ्कास्पद रहेको जनाएका छन् ।

गिरीका भिनाजु पर्ने पकाहामैनपुर गापा–४ घर भई हाल छिपहरमाई गापा–३ जयमङ्गलापुर बस्ने अनिल गिरीको सो घटनामा संलग्नता रहेको वीरेन्द्र गिरीकी पत्नी निर्मला देवीले जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको उजूरीमा उल्लेख छ । सो घटना शङ्कास्पद रहेकोले छानबीन गरी दोषीलाई कारबाईको लागि उनले माग गरेकी छन् ।

निर्मलाले अनिलसँगै छिपहरमाई गापा–३ बस्ने सञ्जय गिरी, सोही ठाउँका विजय गिरी, कान्छाराउत गद्दी, अजय साह, महेश साहलगायत गरी छजनामाथि किटानी जाहेरी दिएकी छन् । चार दिनअघि उनको शव पर्सा ल्याएर दाहसंस्कार गरिएको छ । लद्दाख प्रहरीले दिएको प्रतिवेदन अनुसार घर निर्माणको क्रममा घटना भएर उनको मृत्यु भएको र उनको शल्यक्रियाको रिपोर्टपछि मृत्युको कारण यकीन हुने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here