प्रस, सेढवा, ११ साउन/
जीराभवानी गाउँपालिका–२ स्थित वनशक्ति प्रावि काठमाडौंटोलमा वृक्षारोपण गरिएको छ ।
बिपी कोइरालाको ४२औं जन्मजयन्तीको अवसरमा नेपाली काङ्ग्रेस जीराभवानी गापा–२ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
कार्यक्रममा मधेस प्रदेश सांसद शङ्करप्रसाद चौधरीले जलवायु परिवर्तनका कारण अहिले विभिन्न समस्याको सामना गर्नुपर्ने भएकाले वृक्षारोपण गर्न आग्रह गरे । उनले वनविनाशका कारण रूखबिरुवामा कमी भएपछि अत्यधिक गर्मी र कम वर्षा भएको बताए ।
सांसद चौधरीले जनसङ्ख्याको वृद्धि हुँदा बोटबिरुवा मासिएको र अक्सिजनको कमी हँुदै गएको बताए । उनले मानव अस्तित्व जोगाउन हरेक नागरिकलाई रूखबिरुवा रोप्न आग्रह गरे । नेका जीराभवानी गापा–२ कार्यसमितिका सभापति सरोज चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा गापाअध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रधानाध्यापक गोविन्द मिर्दाहा, रामलाल साह, शेख नुमान आजम, अर्जुन चौधरी, शिक्षकहरूलगायतको सहभागिता थियो ।