दानमा दिने जग्गा जगरनाथपुर गापाले लिएन
प्रस, परवानीपुर, १० साउन/ पर्साको जगरनाथपुर गाउँपालिकाले करोडौं मूल्यको १८ कट्ठा जग्गा लिन चासो नदेखाएको गाउँलेहरूले आरोप लगाएका छन् । गापाका वर्तमान जनप्रतिनिधिहरूको उदासीनताका कारण सो जग्गा लिन गम्भीरता नदेखाइएको पूर्व गापा अध्यक्ष्F जालीम मियाँले आरोप लगाए । हिजो गापा परिसरमा आयोजित पत्रकार सम्मेलनमा मियाँ र गाउँलेहरूले यस्तो आरोप लगाएका हुन् । नेकपा एमालेका नेतासमेत […]
२०८१ साउन ११ गते शुक्रवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
धानबालीका लागि गण्डक नहरमा पानी आउने क्रम जारी
प्रस, परवानीपुर, १० साउन/ गण्डक नहरमा अहिले धानबालीको लागि भारतले पानी पठाएको छ । नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजका सूचना अधिकारी सुरेश साहले गण्डक नहरमा भारतले पानी पठाएको पुष्टि गरेका छन् । उनले यसपटक असार १३ गतेदेखि नै भारतले गण्डक नहरमा नेपालका लागि पानी पठाएको बताए । राष्ट्रिय धान दिवस असार १५ गते भएको र […]
केबिसी जितेका सुशील कुमार १३ वर्षपछि शिक्षण गर्दै
प्रस, परवानीपुर, १० साउन/ सन् २०११ मा भारतीय लोकप्रिय अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’का विजेता अहिले शिक्षण पेशामा आबद्ध भएका छन् । भारत, बिहार, मोतिहारी निवासी सुशील कुमार रक्सौलमा आयोजित एक कार्यक्रममा आएका थिए । निकै चर्चित कार्यक्रम केबिसीको विजेता भएर उनले त्यस बेला भारु पाँच करोड जितेका थिए । […]
कर्तव्य–ज्यानको अभियुक्त छुुटेपछि पीडित पुनः उच्च अदालतमा
जीतलाल श्रेष्ठ, निजगढ, १० असार/ ज्यान मार्ने मनसायले मध्यरातमा खुुकुुरी प्रहार गर्ने व्यक्तिविरुद्ध साउन ४ गते शुक्रवार बारा जिल्ला अदालतमा थुनछेक बहसका क्रममा घटनामा संलग्न भनिएका गुजरा नगरपालिका–४ रौतहट बस्ने ५४ वर्षीय मन्सुुर भनिने मनोज राजवंशी दुई लाख रुपियाँ धरौटीमा छुटेपछि पीडितले पुनः पुनरावेदनको माग गरेका छन् । खुुकुुरी प्रहारबाट गम्भीर घाइते भएका पीडित निजगढ–१२ […]
विपी स्मृति दिवसमा ज्येष्ठ नागरिक सम्मान
प्रस, वीरगंज, १० साउन/ ४२औं बिपी स्मृति दिवसको अवसरमा बिहीवार नेपाल राष्ट्रिय विद्यापीठ माविमा ज्येष्ठ नागरिक सम्मान तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस, वडा नं ११ को आयोजनामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेलले रामपति बरई, जीतेन्द्रपुरुष ढकाल, खुदी महतो, गौरीशङ्कर गिरी, जुमाद्दीन शेख हवारीलगायत ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए […]
पटेलनगरमा आँखा शिविर सम्पन्न
प्रस, परवानीपुर, १० साउन/ जिल्ला प्रहरी कार्यालय, पर्साको आयोजनामा वीरगंज–२१ पटेलनगरमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । ग्रेट पिस इङ्गलिश बोर्डिङ स्कूल परिसरमा आयोजित शिविरको उद्घाटन वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्ष्Fक धर्मजङ्ग थिङले गरेका थिए । विद्यालयका प्रधानाध्यपक श्रवणकुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रममा जिप्रका, पर्साकी प्रनि नीता थापा, प्रहरी चौकी परवानीपुरका प्रनानि यमनाथ […]
१५ दिनसम्म मनाइने मधुश्रावणी पूजा शुरू
नितेश कर्ण, वीरगंज, १० साउन/ तराई–मधेसका नवविवाहित बेहुलीले १५ दिनसम्म मनाउने मधुश्रावणी पूजा बिहीवारदेखि शुरू भएको छ । साउन महीनाको मैना नाग पञ्चमीदेखि शुरू भएको पूजा मिथिलाका ब्राह्मण, कायस्थ, देव तथा सोनार जातिका नवविवाहिता महिलाहरू यो व्रत बस्ने चलन छ । माइतीमा यो पूजाको आयोजना हुने भएकोले पूजा शुरू हुने अघिल्लो दिनदेखि नै नवविवाहिता बेहुलीले […]
स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ
प्रस, वीरगंज, १० साउन/ स्रोत नखुलेको चार लाख ४० हजारसहित एकजना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । नेपालतर्पm आउँदै गरेको बिआर ३० एसी ७९१४ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा स्रोत नखुलेको चार लाख ४० हजारसहित भारत, सीतामढी, बैरगनिया–८ बस्ने ४७ वर्षीय प्रदीपकुमार वर्मालाई गौर नगरपालिका–२ भन्सार क्ष्Fेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका […]
सर्पदंशबाट बालिकाको मृत्यु
प्रस, वीरगंज, १० साउन/ ठोरी गाउँपालिका–१ मा सर्पदंशबाट एकजना बालिकाको मृत्यु भएको छ । ठोरीसँगै सिमाना जोडिएको माडी नगरपालिका–९ हनुमान झुला घर भई ठोरी गापामा बस्दै आएका विजय थिड्ढी सात वर्षीया छोरी एलिसा थिङलाई बिहीवार बिहान सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारको लागि वीरगंज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।