प्रस, वीरगंज, ७ साउन/
कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले यस वर्षको सेवा पुरस्कार–२०८१ पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरेको छ।

विगत तीन दशकदेखि बद्रीविक्रम थापाको स्मृतिमा प्रत्येक वर्ष साउन ११ गते वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको सेवा पुरस्कार यस वर्ष पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने
निर्णय गरिएको गुठीका कोषाध्यक्ष किरण थापाले जानकारी गराएका छन्।

पत्रकार चन्द्रकिशोरले नेपालका विभिन्न पत्रपत्रिकामा सान्दर्भिक समस्याहरूको उठान गरी विश्लेषणात्मक लेख लेख्दै आएकामा यस वर्षको सेवा पुरस्कार दिने निर्णय गरिएको जनाइएको छ। पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रहेको र सो पुरस्कार साउन ११ गते शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल, काठमाडौंमा प्रदान गरिने गुठीका कोषाध्यक्ष किरण थापाले जानकारी गराए।

साथै उनले उक्त राशिको दोस्रो पुरस्कार डा सन्दूक रुइतलाई पनि प्रदान गरिने जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here