prateek dainikप्रस, सिम्रौनगढ, ५ साउन/
नेपाली नक्कली नोटसहित इलाका प्रहरी कार्यालय, सिम्रौनगढले एकजना नेपाली नागरिकलाई पक्राउ गरेको छ । सिम्रौनगढ नपा–२ महुवाही निवासी ३५ वर्षीय छठु गिरीलाई ८५ हजार नेपाली नक्कली रुपैयाँसहित पक्राउ गरेको जिप्रका, बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए । नम्बर नराखिएको अनटेस्ट होन्डा साइन मोटरसाइकलमा सवार गिरीलाई रोकेर प्रहरीले चेकजाँच गर्दा एक हजारका ८५ थान नेपाली नक्कली रुपैयाँ बरामद भएको प्रवक्ता न्यौपानेले बताए । गिरीलाई जिल्ला अदालत बाराबाट आठ दिनको थुना आदेश लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले जानकारी गराएका छन् ।

पछिल्लो समयमा सिम्रौनगढमा नक्कली नेपाली रुपैयाँ बरामद हुन थालेका छन् । सीमावर्ती भारतबाट कारोबारीहरूले नेपाली नक्कली रुपैयाँ नेपाल ल्याउने गरेका छन् । सीमावर्ती भारतबाट यसअघि सूर्य नेपालका उत्पादन सूर्या र शिखरको नक्कली उत्पादन गरेर सिम्रौनगढबाट विभिन्न स्थानमा पु¥याउने कार्य हुने गरेको थियो । अहिले चुरोटपछि नक्कली नेपाली रुपैयाँको कारोबार बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here