प्रस, निजगढ, ५ साउन/
निजगढ नगरमा रहेका विभिन्न धार्मिक मठमन्दिर, गुम्बालगायत पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले निजगढ राइडर्स क्लबको अगुवाइमा शनिवार ३७ किलोमिटर यात्रा सम्पन्न गरिएको छ ।
निजगढ नपा–४ कछडियाटोलमा रहेको नगरकै पुरानो पर्वतनाथ महादेव मन्दिरबाट शुुरू गरिएको सो यात्रा निजगढ बजारस्थित बुुद्धचोकमा अवस्थित मन्दिर, वडा नं ९ नदीकाँटस्थित वाक्यश्वर महादेव मन्दिर, वडा नं ७ स्थित शिवशक्तेश्वर महादेव मन्दिर, वडा नं ६ स्थित रामजानकी मन्दिर, कृष्ण प्रणामी मन्दिर, शिवमन्दिर, गणेश मन्दिर, वडा नं ५ स्थित गुम्बा, वडा नं ४ स्थित विभिन्न मठमन्दिर, बागदेव गोलघरस्थित मनकामना मन्दिर, विष्णुु मन्दिरलगायत चार दर्जनभन्दा बढी धार्मिक मठमन्दिर, चैत्य गुुम्बालगायत पर्यटकीय क्षेत्रको दर्शन, अवलोकन गरिएको निजगढ राइडर्स क्लबका उपाध्यक्ष नवीन लम्सालले बताए ।
निजगढ नपा–४ देखि ९ नं वडाभित्र रहेका मठमन्दिर, गुुम्वाहरूमा पुुगेको कार्यक्रम संयोजक सियाराम चौधरीले बताए । कार्यक्रममा चन्द्रनिगाहपुुर राइडर्स क्लब, सिमरा राइडर्स क्लबका गरी ३५ जना साइकलिस्ट सहभागी रहेको निजगढका वरिष्ठ साइकलिस्ट एवं मधेस प्रदेश साइकल सङ्घका सदस्य मधुसूदन चौधरीले बताए ।
निजगढ नपा ४ नं वडा कार्यालयको आर्थिक सहयोगमा भएको यो कार्यले निजगढ नगरभित्र रहेका विभिन्न धार्मिक मठमन्दिर, गुम्बालगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा थप सहयोग पुग्ने वडाध्यक्ष विशन सापकोटाले बताए ।
निजगढ नगरको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरू गरी निरन्तर सामाजिक गतिविधि सञ्चालन गरी प्रचारप्रसारमा जोड दिनुपर्ने युुवा समाजसेवी महेशी कुमरले बताए ।