प्रस, वीरगंज, ५ साउन/
राष्ट्रिय एकता अभियान काठमाडौंले शनिवार सङ्घीय हिन्दू गणतन्त्र विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अभियानका अध्यक्ष विनय यादवले देशका प्रमुख दलहरू मिलेर सरकार बनाउँदै संविधान संशोधनको कुरा उठाइरहेका अवस्थामा संविधान नेताहरूको कुर्सी स्वार्थका लागि नभई संविधान निर्माणको बेला जनताले दिएको सुझाव अनुसार संशोधन हुनुपर्ने बताए । उनले विशेषगरी संविधान निर्माणको क्रममा जनताले सङ्घीय हिन्दू गणतन्त्रको लागि दिएको सर्वाधिक सुझावलाई संविधानमा समावेश गर्नुपर्ने बताए ।

उनले दलहरूले संविधान संशोधन गर्ने हो भने राष्ट्रिय एकता अभियानले देशभर जनजागरण अभियान चलाएर सङ्घीय हिन्दू गणतन्त्र कायमको लागि दबाब सृजना गर्ने बताए ।

अभियानका वरिष्ठ नेता बिपी यादवले सत्तास्वार्थका लागि दुई विरोधी दल एक ठाउँमा आएको भन्दै संविधान संशोधनमा समावेशिताको सिद्धान्तलाई अझ बलियो नगरे देशमा एकल जातीय व्यवस्था हाबी हुने र त्यसबाट हिन्दुत्वलाई नोक्सानी हुने बताए । उनले राष्ट्रिय एकता अभियानले उठाएका मुद्दाहरू सशक्त हुँदै गएको र आन्दोलनलाई निष्कर्षसम्म पु¥याउन सशक्त बनाउनुपर्ने बताए ।

युवा विभागका संयोजक दिवस पटेलले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र यदुवंशी, विद्यार्थी परिषद्का महासचिव पप्पु यादव, काठमाडौं सम्पर्क समितिका संयोजक विनोद सिंहलगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here