प्रस, वीरगंज, ५ साउन/
किक्युशिनो फुल कन्टेक्ट कराँते महासङ्घको मधेस प्रदेश कमिटी गठन भएको छ ।
शनिवार रौतहट जिल्लाको बाग्मतीस्थित नूनथरमा कराँते महासङ्घका केन्द्रीय सदस्य सुवास काफ्लेको अध्यक्षतामा भएको भेलाले राजकुमार महतोको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।
महतोको अध्यक्षतामा असगर खान, सञ्जीव चौधरी, धनञ्जय मिश्र, राजेश महतो, भिखारी साह कानू, शशि देवकोटा, अशेश्वर पटेल, नरेश कुर्मी, लक्ष्मी आलेमगर, रामेश्वर पटेल, जुगली दास, अफजल देवान, कणबहादुर राईलगायत २१ सदस्यीय कमिटी गठन भएको हो ।