प्रस, वीरगंज, १ साउन/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले फोहोर व्यवस्थापनमा कुनै पनि सम्झौता नगर्न सफाइकर्मीहरूलाई निर्देशन दिएका छन् ।
वर्षात्को समयमा नाला जाम भएर हुने डुबानको समस्यालाई समाधान गर्न ३२ वटै वडाका नालाहरू पूर्णरूपमा सफाइ गर्न मङ्गलवार सफाइकर्मीका नाइकेहरूलाई निर्देशन दिंदै उनले फोहोर सङ्कलन तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।
नगरप्रमुख सिंहले वीरगंजमा फेरि फोहोर बढेकाले फोहोर व्यवस्थापनमा हेलचेक्र्याईं गर्ने सफाइकर्मीहरूलाई कारबाई गर्ने चेतावनी पनि दिए ।
प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले सफाइमा कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिंदै थप जनशक्तिको आवश्यक परे सोको व्यवस्थापन गर्न आफूहरू तयार रहेको बताए । बैठकमा योजना प्रमुख अवधेश साह, सरसफाई शाखा प्रमुख सर्पmुद्दिन मियाँँ, वातावारण शाखा प्रमुख राकेश साह, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, महानगरका सरसफाइ संयोजक प्रकाश खेतान, ३२ वटै वडाका सफाइकर्मीका नाइकेहरूको सहभागिता थियो ।