प्रस, वीरगंज, २३ असार/

सङ्घ सरकारले पालिकाहरूको बजेट कटौती गरेकोमा केही थप गरेर पठाएको छ। चालू आवको बजेटमा सरकारले पालिकालाई प्रदान गर्दै आएको बजेटमा करीब २५ प्रतिशत अनुदान सहयोग कटौतीको घोषणा गरेको थियो। तर असार १९ गतेसम्म सरकारले सो कटौती अनुदान सहयोगमा परिवर्तन गरी सात प्रतिशत मात्र अनुदान सहयोगमा कटौती गरेर बाँकी रकम पालिकाहरूमा पठाएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले पालिकाहरूमा सात प्रतिशत मात्र बजेट कटौती गरेर बाँकी बजेट असार १९ गतेसम्म पठाइसकिएको जनाएको छ। वीरगंज महानगरपालिकाले सरकारबाट पाउनुपर्ने अनुदान सहयोगबापतको वार्षिक बजेट एक अर्ब ३३ करोड २० लाख सात हजारमध्ये सात प्रतिशत कटौती भएर एक अर्ब तीस करोड ३५ लाख ५९ हजार प्राप्त गरेको जनाएको छ।

यसैगरी, पोखरिया नगरपालिकाले ३३ करोड ४७ लाख ९३ हजार पाउनुपर्नेमा ३२ करोड चार लाख ३३ हजार प्राप्त गरेको छ। पर्सागढी नपाले ३३ करोड १४ लाख ८३ हजारमध्ये ३२ करोड १२ लाख ७१ हजार, बहुदरमाई नपाले ३२ करोड ७८ लाख ८३ हजारमध्ये ३३ करोड ५५ लाख १० हजार, छिपहरमाई गाउँपालिकाले २५ करोड ८० लाख ३२ हजारमध्ये २४ करोड ४९ लाख दुई हजार, जगरनाथपुर गापाले २९ करोड २२ लाख ८३ हजारमध्ये २८ करोड १३ लाख २३ हजार, धोबिनी गापाले २१ करोड ४० लाख ८३ हजारमध्ये २० करोड ४० लाख १९ हजार, पकाहामैनपुर गापाले २१ करोड ७९ लाख ८३ हजारमध्ये २० करोड ३४ लाख ५५ हजार, पटेर्वासुगौली गापाले २२ करोड २४ लाखमध्ये २१ करोड ४७ लाख तीन हजार प्राप्त गरिसकेका छन्।

यसैगरी, विन्ध्यवासिनी गापाले २२ करोड २४ लाखमध्ये २१ करोड ४७ लाख तीन हजार, सखुवाप्रसौनी गापाले ३३ करोड १७ लाख ९५ हजारमध्ये ३१ करोड ७२ लाख १५ हजार, ठोरी गापाले २९ करोड ८१ लाख २३ हजारमध्ये २८ करोड ६८ लाख ११ हजार, कालिकामाई गापाले २२ करोड ५८ लाख ४५ हजारमध्ये २१ करोड ८४ लाख ८४ हजार र जीराभवानी गापाले २३ करोड २६ लाख ९१ हजारमध्ये २१ करोड ६२ लाख ९९ हजार ७०२ बुझिसकेको कोलेनिका, पर्साले उपलब्ध गराएको तथ्याङ्कमा जनाइएको छ। चालू आवमा सरकारले पर्सा जिल्लाका चारवटा पालिकाको लागि चार अर्ब ८९ करोड ७२ लाख ६४ हजार अनुदान सहयोग घोषणा गरेकोमा सात प्रतिशत कट्टा गरी चार अर्ब ७० करोड ८८ लाख ७३ हजार ७०२ निकासा गरिसकेको पनि कोलेनिका, पर्सा जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here