प्रस, वीरगंज, १५ असार/

स्वास्थ्य कार्यालय, पर्साले विन्ध्यवासिनी गाउँपालिकामा शनिवार लामखुट्टेको टोकाइबाट हुने डेङ्गु, मलेरिया, इन्सेफ्लाइटिस र जिका रोग नियन्त्रणबारे जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाहरूलाई अभिमुखीकरण गरेको छ।

स्वास्थ्य कार्यालय, पर्साका खोप अधिकृत जयमोद ठाकुरले लामखुट्टेको टोकाइबाट हुने डेङ्गु, मलेरिया, इन्सेफ्लाइटिस र जिका रोग नियन्त्रणबारेमा सहभागीहरूलाई जानकारी गराएका थिए। उनले गापा र वडापालिकाले रोग नियन्त्रणमा भूमिका खेल्नुपर्ने सुझाए।

गापाध्यक्ष ज्योति चौरसियाले रोगबारेमा आफूलाई जानकारी नभएको र गापाले अहिलेसम्म सफाइकर्मी बहाल पनि नगरेको बताइन्। उनले सफाइकर्मी बहाल गरेर रोगविरुद्धको अभियान सञ्चालन गरिने प्रतिबद्धता जाहेर गरिन्।

सो अवसरमा स्वास्थ्य कार्यालयले सो गापाका पाँचवटा वडाका लागि एक/एक वटा स्पे्र मेशीन र चार महीनाको लागि पुग्ने बायोलार्भिक साइटिस औषधि सय बट्टा सहयोग गरेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, वडाध्यक्षद्वय अच्छेलाल महतो र मोहन यादवलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here