प्रस, ठोरी, १५ असार/

 राष्ट्रिय स्वतन्त्र पार्टीको शनिवार ठोरी गाउँपालिकास्तरीय समिति गठन भएको छ। ठोरी गापा–२ राईधारामा भएको भेलाले माधव बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका क्षेत्रीय सदस्य कामोध्याप्रसाद चौधरीले बताए।

बस्नेत अध्यक्ष रहेको कार्यसमितिको उपाध्यक्ष रामशरण लामिछाने, सचिव धनबहादुर श्रेष्ठ, कोषाध्यक्ष राम श्रेष्ठलगायत सदस्यहरू छन्।

  क्षेत्रीय सभापति जीतेन्द्रकुमार मिश्रको अध्यक्षता तथा केन्द्रीय सदस्य डा नन्दन यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रास्वपाका पर्सा संयोजक हरि पन्तले स्वागत र मधेस प्रदेशको सङ्गठन विभाग उपप्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here