वीरगंज महानगरपालिका–३२ टेडा रोडमा टेन्ट लगाएर जडीबुटीबाट विभिन्न किसिमका रोगको उपचार ग्यारेन्टीका साथ गर्ने भन्दै अवैध ढङ्गले सञ्चालन भइरहँदा पनि सरोकारवाला निकाय मौन छ।
भारतबाट आएका व्यक्तिले सडकछेउ टेन्ट लगाएर तथा ब्यानर झुन्ड्याएर जडीबुटीबाट उपचार गर्ने दाबी माइकमार्फत गर्दै विभिन्न किसिमका औषधि बेचिरहँदा पनि सरोकारवाला मौन रहेको स्थानीयले बताएका छन्।
यस प्रकारका गतिविधि गर्दा उनीहरूले सम्बन्धित निकायसँग स्वीकृति लिएका हुँदैनन्।
गाउँघर तथा शहर बजारमा अवैध किसिमले सञ्चालित यस्ता टेन्ट क्लिनिकले सर्वसाधारण व्यक्तिलाई ठगी गरिरहँदा पनि प्रहरी प्रशासन हेरेर पनि मौन बस्ने गरेका छन्।
ग्यारेन्टीका साथ उपचार गर्ने भन्दै सर्वसाधारणलाई कमसल औषधि दिएर ठगी गरिरहेको स्थानीयले बताएका छन्।