प्रस, वीरगंज, १३ असार/

सानो पाइलाले पुनस्र्थापना केन्द्रमा उपचाररत युवालाई व्यावसायिक तालीम दिएको छ।

सामुदायिक पुनस्र्थापना केन्द्रका १० जना युवालाई बिहीवारदेखि आधारभूत प्लम्बिङ तालीम दिएको छ। लागूऔषध नियन्त्रण शाखाले अनुदानका लागि छनोटमा परेका चारवटा पुनस्र्थापना केन्द्रमध्ये सानो पाइलालाई तालीम सञ्चालनार्थ आर्थिक सहयोग गर्ने निर्णय गरेपछि तालीम दिइएको हो।

सो क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गृह मन्त्रालयबाट उपलब्ध अनुदानबाट सञ्चालन गरिएको तालीमबारे चासो राख्दै आज पुनस्र्थापना केन्द्रको निरीक्षण गरेको सानो पाइला सामुदायिक पुनस्र्थापना केन्द्रका प्रमुख भाजु पटेलले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here