प्रस, पोखरिया, ११ असार/

पकाहामैनपुर गाउँपालिकाकी उपाध्यक्ष् सर्फु नेशाको नेतृत्वमा मङ्गलवार गापा कार्यालयमा तालाबन्दी गरिएको छ।

गापा अध्यक्ष सुरेश प्रसादले सोमवार गाउँ कार्यपालिकाको बैठकबाट निर्णय नगराएर अल्पमतमा गाउँसभा गरेको विरोधमा आज उपाध्यक्षको नेतृत्वमा तालाबन्दी गरिएको हो। उपाध्यक्ष नेशासहित वडाध्यक्ष, सदस्य गरी २१ जनाले हस्ताक्षर गरी गापा कार्यालयमा तालाबन्दी गरेका थिए। उनीहरूले चालू आवको आय–व्यय सार्वजनिक गर्नुपर्ने, कार्यपालिकाको निर्णय गरेर मात्र गाउँसभा गर्नुपर्ने र हिजो अल्पमतको आधारमा गरिएको गाउँसभा रद्द गर्नुपर्ने माग राखेका छन्।

गापा अध्यक्ष सुरेश प्रसादले असार १० गतेसम्म गाउँसभा गर्नुपर्ने दायित्व भएकोले नीति तथा कार्यक्रम मात्र पारित भएको बताए। उनले यसका लागि बहुमत सदस्य आवश्यक नभएको जिकिर गरे। गाउँसभा भएपनि बजेट ल्याइएको छैन र सबैसँग सहकार्य गरेर मात्र बजेट ल्याउने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here