प्रस, वीरगंज, ११ असार/

जिल्ला प्रशासन कार्यालय, पर्सासँगै अन्य पाँचवटा पालिकाबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य भइरहेको छ। जिप्रका, पर्सासँगै पर्सागढी र बहुदरमाई नगरपालिका, जीराभवानी, पटेर्वासुगौली र ठोरी गाउँपालिका गरी पाँचवटा पालिकामा समेत राष्ट्रिय परिचयपत्र बनाउने टोली खटाइसकेकाले सम्बन्धित पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधारणलाई अपील गरिएको छ। जिप्रका, पर्साले मङ्गलवार जारी गरेको सूचना अनुसार यी पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेकाले सोहीबमोजिम गर्न जानकारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेले बताए। उनले बालबालिका (१६ वर्षमुनि), आफ्नो हेरचाह गर्न नसक्ने शारीरिकरूपमा अशक्त एवं ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र आवश्यक नपर्नेसमेत बताएका छन्।

अधिकांशले भत्ता पाउन राष्ट्रिय परिचयपत्र आवश्यक भएको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा अनावश्यक भीडभाड बढेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार हाल विदेश जाने र ज्येष्ठ नागरिकलाई प्राथमकितामा राखेर असार मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाउने कार्य भइरहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here