सामुदायिक सेवा केन्द्र मुर्लीको आयोजनामा वीरगंज–१२ ब्रह्मचोकस्थित सुरजीदेवी माविमा अध्ययनरत विद्यार्थीहरूलाई लागूऔषध ओसारपोसारबारे सचेतना कार्यक्रममार्फत जानकारी गराइएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब निरीक्ष्Fक स्प्रली देवकोटाले कक्षा ९ र १० का विद्यार्थीहरूलाई लागूऔषध तथा ओसारपोसारविरुद्ध प्रशिक्षण दिएका थिए।
उनले विद्यार्थीहरू लागूऔषधको कुलतमा सजिलै लाग्ने हुँदा यस सम्बन्धमा सचेत हुनुपर्ने बताए। विद्यार्थीहरूलाई लक्षित गरेर लागूऔषध विक्रेताहरूले काम गरिरहेका हुँदा उनीहरूको बारेमा सूचना दिएर प्रहरीलाई सहयोग गर्न आग्रह गरे। विद्यार्थीहरूको सूचनाबाट लागूऔषध नियन्त्रणमा प्रभावकारी कदम चाल्न सकिने हुँदा प्रहरीलाई सूचना दिएर सहयोग गर्न उनले आग्रह गरे।
केन्द्रका सचिव कुलनारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ रामनारायण मिश्र, प्रहरी हवलदार सुभाषप्रसाद यादव, प्रहरी सहायक हवलदार लालुमाया महतो, शिक्षकशिक्षिका, प्रहरी, कर्मचारीहरूको सहभागिता थियो।