सिम्रौनगढ नगरपालिकामा २०औं प्रमुख प्रशासकीय अधिकृतको रूपमा हरिओमप्रसाद जयसवाललाई सोमवार उपप्रमुख नजमु शेहरले कार्यालयमा स्वागत गरेकी छन्।
२०७४ सालमा सिम्रौनगढ नपा सञ्चालनमा आएपछि जयसवाल २०औं प्रमुख प्रशासकीय अधिकृत भएर आएका हुन्। सात वर्षको अवधिमा १९ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।
उपप्रमुख, वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई स्वागत गर्दा नगरप्रमुख किशोरीप्रसाद जयसवाल लगायत केही वडाध्यक्षहरू भने अनुपस्थित रहे। उनीहरूको अनुपस्थितिले जयसवालको सेवा अवधि सिम्रौनगढ नपामा धेरै दिन नहोला भनी आकलन गरिंदैछ।