प्रस, वीरगंज, ९ असार/

नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले प्रेस स्वतन्त्रतालाई राज्यले मात्र होइन सञ्चारगृहले पनि हनन गरिरहेको बताएका छन्।

समाजवादी प्रेस सङ्गठन पर्साले आइतवार आयोजना गरेको ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तर्क्रिया कार्यक्रममा उपप्रमुख अर्यालले सञ्चारगृह र त्यसका मालिकहरूले आप्mनो इच्छा र चाहना अनुसार समाचार सम्प्रेषण गर्नाले पनि प्रेस स्वतन्त्रता हनन भइरहेको बताए।

नेकपा (एस)का स्कूल विभाग सचिव अशेष घिमिरेले सुशासनको बारेमा पत्रकारले कलम चलाउनुपर्ने बताए। उनले सुशासन अहिले पूँजीवादको चेपुवामा परेको भन्दै सर्वत्र पूँजीपतिको वर्चस्व बढेको बताए। उनले पूँजीवादको अन्त्य नभएसम्म देश समृद्ध नहुने बताए। प्रचार विभागका सचिव प्रकाश खतिवडाले संविधानले देशलाई समाजवाद उन्मुख गरे पनि कुनै पनि राजनीतिक दलले समाजवादलाई अङ्गीकार नगरेको बताए। उनले नेकपा (एस)ले नै नेपाली विशेषताको समाजवाद अगाडि सारेको दाबी गरे। उनले यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले त्यसलाई पारित गर्ने बताए।

समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा भएको अन्तर्क्रियामा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बन्जारा, नेकपा (एस) पर्साका कावा अध्यक्ष गङ्गा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, केन्द्रीय सदस्य बृजलाल पासवान, रेवेन्द्र कार्की, प्रेस सेन्टरका केन्द्रीय सदस्य नीरज पिठाकोठे मगर, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमले मन्तव्य राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here