प्रस, सिम्रौनगढ, ९ असार/

मधेसका किसानहरूले आइतवार तिथि अनुसार असारको पहिलो दिन मनाएका छन्। किसानहरूले आजका दिन जङ्गली तरकारी बगनाहा अनिवार्य पकाएर खान्छन्। बगनाहाका अतिरिक्त किसानहरूले विभिन्न परिकार बनाएर खाए। उनीहरूले आजको दिनलाई विशेष दिनका रूपमा लिने हुँदा घरआँगन सफासुग्घर गर्ने, नयाँ पोशाक लगाउने गर्छन्।

यसैगरी, आजकै दिन पशुहरूको लागि किला (खुट्टी) बाँध्ने काम पनि गरिन्छ। यसका अतिरिक्त घरको द्वारमा नीमको पात, गम्हार रूखको काठ र लसुन, प्याज पनि झुन्ड्याउने गरिन्छ। सिम्रौनगढ नपा–२ अमृतगंजका वृद्ध किसान जलधारी मुखिया बिनले आजको दिन मधेस प्रदेशका किसानहरूका लागि विशेष दिन भएको बताए।

उनले कृषि कर्म गर्ने किसानहरू आजको दिन घरबाहिर नजाने गरेको बताए। अत्यावश्यक कामबाहेक आजको दिनमा सबै किसान घरमा बसेर पर्व धूमधामका साथ मनाउने गरेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here