प्रस, वीरगंज, ९ असार/

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले पर्सा–बारा औद्योगिक कोरिडोरमा केमिकलयुक्त वारुणयन्त्र राख्नुपर्ने माग गरेका छन्।

वीउवासङ्घले आइतवार मधेस प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीसँग छलफल गर्दै औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने माग गरेको छ। अध्यक्ष अग्रवालले वीरगंज उद्योग वाणिज्य सङ्घ सदैव वैध व्यापारको प्रवद्र्धन र अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्ने संस्थागत मान्यतामा रहेको बताए। अन्तरसरकारी निकायहरूबीच समन्वय नहुँदा निजी क्षेत्रले समस्या बेहोर्नुपरिरहेको बताउँदै उनले सशस्त्र प्रहरी र अन्य नियामक निकायबीच आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए।

सप्रनामनि धौवजीले सीमा क्षेत्रलाई व्यवस्थित र अवैध व्यापार नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका प्रभावकारी बनाउने बताए। उनले धेरैजसो विषय नीतिगतरूपमा परिमार्जन र संशोधन गर्नुपर्ने भए तापनि दैनिक कार्यसम्पादनलाई नागरिकमैत्री बनाउन सशस्त्र प्रहरीले जोड दिएको बताए।  सप्रनामनि धौवजीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने बताए। उनले राजस्व वृद्धिका लागि अवैध व्यापार नियन्त्रण गर्नेलगायतका कार्य हाम्रो प्राथमिकतामा रहेको बताए।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, सङ्घका उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास,  कोषाध्यक्ष शिवजीप्रसाद कलवार, सचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष अनोज रूँगटाललगायतको सहभागिता थियो। कार्यक्रममा धन्यवाद सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here