प्रस, वीरगंज, ७ असार/

विद्यार्थी जागरण मञ्च (विजाम) पर्साले शुक्रवार सञ्चारकर्मीहरूसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ।

कार्यक्रममा विजामका कार्यक्रम संयोजक टपेन्द्र शाहीले नेपालमा वार्षिक ११.३६५ का दरले लागूऔषध प्रयोगकर्ताहरू वृद्धि भइरहेको जानकारी गराए। उनले मधेस प्रदेशका पर्सा, बारा, सर्लाही र रौतहट जिल्लामा सुईबाट लागूऔषध प्रयोग गर्ने समूहमा १५ जना एचआइभी सङ्क्रमित रहेको बताए।

त्यस्तै, मधेस प्रदेशका आठवटै जिल्लामा ४५ लाख ९२ हजार ४३४ जनसङ्ख्या रहेको उनले बताए।

नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागूऔषध प्रयोगकर्तामध्ये मुखबाट औषधिसेवन गर्नेहरू २९.३० प्रतिशत, सुई र मुखबाट २.१० प्रतिशत, धूवाँबाट ३४.९० प्रतिशत र सुँघेर ३३.८० प्रतिशत रहेको बताए।

पर्सामा तीन हजार पाँच र बारामा तीन हजार ४३९ जना लागूऔषध प्रयोगकर्ता रहेको कार्यक्रममा जानकारी गराइएको थियो।

कार्यक्रममा विजामका कार्यक्रम संयोजक अनुज खड्का, सुविसचन्द्र झा, उषा किरणलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here