अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगंज र पोखरिया नगरपालिकाले वडा नं ४ शिव मन्दिरमा एक दिने योग शिविरसम्पन्न गरेका छन्।
पोखरिया नपाका प्रमुख प्रद्युम्नप्रसाद चौहानको अध्यक्षातामा भएको कार्यक्रममा भारतीय महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवीसहाय मीणालगायतको सहभागिता थियो। पोखरिया नपाका कविराज निरीक्षक धीरेन्द्रप्रसाद सिंहले सहभागीहरूलाई योगका विभिन्न आसनबारे प्रशिक्षाण दिएका थिए।