प्रस, वीरगंज, ५ असार/

पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालले धनुषामा भोलिदेखि तीन दिनसम्म कबीर प्रकट दिवस मनाउने जनाएको छ।

बुधवार पत्रकार सम्मेलन गरी पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालका अध्यक्ष कुमार डङ्गोलले भोलि असार ६ देखि ८ गतेसम्म तीन दिन कबीर प्रकट दिवस मनाउने तयारी पूरा भएको बताए। उनले यो दिवस भोलिदेखि विश्वभर तीन दिनसम्म कार्यक्रम गरी मनाउन लागिएको बताए। धनुषा जिल्लाको मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा त्रिदिवसीय कार्यक्रममा सन्त रामपाल महाराजको सानिध्यमा गरीबदासजी महाराजको अमरग्रन्थका अमरवाणीहरू पाठ हुने, आध्यात्मिक प्रदर्शनी, रक्तदान, दाइजोरहित विवाह र निश्शुल्क मन्त्र दीक्षालगायतका कार्यक्रम हुने बताए। पत्रकार सम्मेलनमा पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालका उपाध्यक्ष केशव मैनाली, पर्सा अध्यक्ष नरेश दासलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here