प्रस, वीरगंज, २ असार/

वीरगंज महानगरपालिकाका वडाध्यक्षहरूले आगामी आव २०८१/८२ को बजेटमा आफ्ना तीन सूत्रीय माग सम्बोधन हुनुपर्ने अडान लिएका छन्।

जेठ ३२ गते महानगरको बोर्ड बैठकमा उनीहरूले वडापालिकाले पाउँदै आएको बजेट दुई गुना गर्नुपर्ने, सो बजेटबापतको रकम वडामा पठाउनुपर्ने र सफाइको काम वडास्तरमा जिम्मा लगाउनुपर्ने अडान लिएका थिए।

वडा नं १ देखि ३२ सम्मका वडाध्यक्षहरूले एकै स्वरमा यी माग उठान गरेपछि नगरप्रमुख राजेशमान सिंहले शाखा प्रमुखहरूसँग छलफल गरी वडाध्यक्षहरूका मागलाई सम्बोधन गर्ने आश्वासन दिए। सोहीअनुरूप शनिवार र आइतवार दुई दिन यसबारेमा शाखा प्रमुखहरूसँग वडाध्यक्षहरूको छलफल भएको थियो। महानगरपालिकाले आगामी आवमा एक अर्ब ८४ करोडको यथार्थ बजेट प्रस्तुत गर्ने जमर्को गरेको छ।

महानगरको आन्तरिक आम्दानी करीब ६५ करोड रहेको र सङ्घ तथा प्रदेश सरकारबाट आउने अनुदान सहयोगहरूको सही आकलन गरेर यथार्थपरक बजेट प्रस्तुत गर्ने तयारी महानगरले गरेको छ। महानगरले यसअघि चार अर्ब बढीको बजेट विनियोजन गर्दै आएको थियो। चालू आवको असारमा तीन अर्ब २१ करोडको बजेट प्रस्तुत गरेको महानगरले सोही वर्षको पुस महीनामा संशोधन गरेर तीन अर्ब ४६ करोड अर्थात् २५ करोड रुपैयाँ बढाएको थियो। महानगरले आन्तरिक राजस्व पनि ७० करोडबाट ९५ करोड बनाएको थियो। आन्तरिक राजस्व पनि वृद्धि नभएको र सङ्घ तथा प्रदेश सरकारले अनुदान सहयोगमा कटौती गरेका कारण महानगरले यथार्थपरक बजेट ल्याउन लागेको एकजना वडाध्यक्षले बताए।

चालू आवमा महानगरले वडा नं १ देखि ३२ सम्म २४ करोड विनियोजन गरेको थियो भने आगामी आवमा वडाध्यक्षहरूले सो रकम ४५ करोड हुनुपर्ने माग गरेका छन्। यसैगरी, वडाध्यक्षहरूले वडायोजनाका भुक्तानी महानगरपालिकाबाट हुँदै आएकामा सोको भुक्तानी वडाबाट हुनुपर्ने माग गरेका छन्। महानगरबाट भुक्तानी हुँदा वडाको भुक्तानी रोकिएको र काम सम्पन्न भएर ठेकेदारलाई भुक्तानी नपाउँदा दैनिक विवाद हुने गरेको उनीहरूको तर्क थियो।

महानगरबाट भुक्तानी हुँदा आप्mना ठेकेदारहरूको भुक्तानी चाँडो गर्ने र वडास्तरका योजनाहरूको भुक्तानीमा भने ढिला गर्ने गरेको वडाध्यक्षहरूको आरोप छ।

यसैगरी, वडाध्यक्षहरूले यसअघि वडास्तरबाट खट्दै आएका पाँचजना सरसफाइ कर्मचारी र एकजना ट्याक्टरचालकको व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। नगरस्तरीय योजनाका सफाइहरू आपूm मातहतमा राखे पनि वडास्तरको सफाइ महानगरले वडाको जिम्मा लगाउनुपर्ने वडाध्यक्ष्Fहरूको माग छ। वडाध्यक्षहरू र शाखा प्रमुखहरूको बैठकमा वडामा खर्च हुँदै आएको १९ करोड बजेटलाई खुम्च्याएर १२ करोडमा झार्नुपर्ने माग राखिएको छ। महानगरका विभिन्न शाखाबाट चालू आवका लागि १९ करोड रकम विनियोजन गरिएकोमा वडाध्यक्षहरूले आपत्ति जनाउँदै आगामी आवमा सो रकम १२ करोडमा झार्नुपर्ने सुझाव दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here