कृषि वस्तुमाथि लगाइएको करको विरोधमा सिम्रौनगढ नगरपालिकामा किसानहरूले प्रदर्शन गरेका छन्।
सिम्रौनगढ नगरपालिकास्थित बसपार्कबाट किसानहरूले जुलुस प्रदर्शन गरेर कृषि वस्तुमाथि लगाइएको कर खारेजीको माग गरे। उनीहरूले कृषिमन्त्री मुर्दाबाद, कृषि वस्तुमाथि लगाइएको मूल्य अभिवृद्धि कर फिर्ता गर, किसानमाथि अत्याचार गर्न पाउँदैन, कृषिप्रधान देशको मूल्य–मान्यता कायम गरलगायतका नारा लगाएका थिए।
स्थानीय किसान दिनेश कुशवाहाको नेतृत्वमा निकालिएको जुलुस नगरपरिक्रमा गरी समापन भएको थियो।