रेडियो कार्यक्रम क्वीज आवरले विभिन्न स्थानका श्रोतालाई जोड्दै सामाजिक एकता कायम गरेको अधिवक्ता प्रकाश उपाध्यायले बताएका छन्। पब्लिक ब्रोडकास्टिङ नेटवक्र्सले शनिवार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता उपाध्यायले समाज अहिले अलग–अलग बस्ने सोचका साथ अघि बढिरहेकोले उक्त सामाजिक दूरी कम गर्ने काम क्वीज आवरले गरेकोमा प्रशंसा व्यक्त गरे। आउने दिनमा विद्यार्थीहरूको लोकसेवामा जाने सङ्कल्प यस प्रकारको कार्यक्रमले बढाउने भएकोले कार्यक्रमलाई निरन्तरता दिन उनले सुझाव दिए।
नवदिप एकेडेमीकी सञ्चालिका सुशीला साहले कार्यक्रम क्वीव आवर सबैको साझा कार्यक्रम बन्दै गएकोमा खुशी व्यक्त गरिन्।
कार्यक्रममा काव्या एकेडेमीका निर्देशक हरिन्द्र कुशवाहा, शान्ति निकेतन विद्यालयका संस्थापक नागेन्द्र सिंह, सङ्कल्प लोकसेवा आयोगका संस्थापक अशोक साह, बान हब पोखरियाका सञ्चालक निरञ्जन साह, त्यस्तै नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, अधिवक्ता चन्द्रिका पटेल, सामाजिक अभियन्ता कन्हैया पटेल, पत्रकार दिनेश मिश्र, मनोजकुमार मिश्रको पनि कार्यक्रममा उपस्थिति थियो।
कार्यक्रममा विजेता १६ जनालाई अतिथिहरूको हातबाट पुरस्कार वितरण गरिएको थियो। कार्यक्रमको सहजीकरण राजेन्द्रसिंह राजपूतले गरेका थिए।