प्रस, वीरगंज, ३२ जेठ/

धोबिनी गाउँपालिका कार्यालय शुक्रवार दिनभरि तनावग्रस्त रह्यो। स्थानीय  युवा तथा बुद्धिजीवीहरूले गत आव र चालू आवमा विकास निर्माणमा अनियमितता भएको भन्दै अध्यक्ष मदन चौहानसँग भेटन खोज्दा विवाद भएको थियो। विवादको क्रममा अध्यक्ष चौहानलाई स्थानीयले दुव्र्यवहारसमेत गरेका थिए।

स्थानीय र अध्यक्षबीच छलफल भइरहेको बेला चौहानका सर्मथकहरूले स्थानीयसँग निहुँ खोजेपछि दुवै समूहबीच हात हालाहाल भएको थियो। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी परिस्थति सामान्य बनाइएको थियो।

स्थानीय ललनप्रसाद कुर्मीका अनुसार जनप्रतिनिधिहरूले गापाको बजेट आफ्नो  घरको रकम सम्झेर जथाभावी बाँडफाँड  गरेको तथा कार्यकर्ताहरूलाई रिझाउने काम गरेको आरोप लगाए।

शिक्षकहरूको अभावमा पठनपाठन अवरोध भएको, शिक्षकहरूले समयमा तलब नपाएको, औषधि खरीदमा अनियमिता भएको उनले आरोप लगाएका थिए।

जनताले कर तिरेको पैसाबाट कर्मचारीहरू मौज गरिरहेको कुर्मीले बताए। गापामा रहेको दुर्ईवटा चार पाङ्ग्रे सवारीबाहेक ५३ वटा मोटरसाइकल कर्मचारीहरूले चलाउने, र सेवा सेवा सुविधा लिने काम तत्काल रोक्नुपर्ने कुर्मीको भनाइ थियो। स्थानीय अजय पटेलका अनुसार चालू आवमा सञ्चालित योजनाहरूमा गुणस्तरहीन काम भइरहेको आरोप लगाए।

स्थानीयले दिएको सुझावपत्रमा गापामा रहेको १७ वटा विद्यालयमा शिक्षक आपूर्ति गर्नुपर्ने, आव २०८०/८१ को खर्च विवरण, सञ्चालित योजनाहरूको पारदर्शिता, इन्धन खाजा खर्चको विवरण, गाडी मरम्मतमा लागेको खर्च, विपद् व्यवस्थापन शीर्षकमा खर्चिएको रकमको विवरणसमेत माग गरिएको थियो।

पूर्वगाविस अध्यक्ष अम्बिकाराउत कुर्मीले अध्यक्ष चौहानसँग भएको छलफलमा १० दिनभित्र समस्याको समाधानसहित, खर्च विवरण सार्वजनिक गर्ने सहमति भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here