ओमप्रकाश चौधरी, सेढवा ३२ जेठ/

पर्साको ग्रामीण भेगका किसानहरूले चैते धानबाली भित्र्याउन शुरू गरेका छन्। ठोरी गाउँपालिका –५ र ४ अन्तर्गत ठूलो बाघमोर्चा, बाघमोर्चा आठघरे,  गडुवालाइन, क्षत्रीलाइनलगायत गाउँका किसानहरू चैते धानबाली अन्तर्गत हर्दिनाथ–१ धान भित्र्याउन शुरू गरेका हुन्।

चैतको पहिलो साता रोपाइँ गरेको यो धानबाली अहिले  किसानहरू कटानी गर्न व्यस्त रहेका ठोरी गापा–५ ठूलो बाघमोर्चाका किसान वीरबहादुर लोप्चनले बताए। अहिले धान काट्न हार्भेस्टर मेशीन नआएका र असार महीना शुरू हुन लाग्दा किसानहरू कटानी गर्न हतारिएका  किसान लोप्चनले बताए। धान काट्न ढिला भए असारमा पानी पर्न थालेपछि बाली भिœयाउन कठिन हुने हुँदा किसानहरूले ज्यामी लगाएर भएपनि धान कटानी गरिरहेको किसान लोप्चनले बताए।

ज्यामी लगाएर बिहान धान काट्ने र दिउँसो बोझा बनाएर जम्मा गरी थ्रेसरले दाइँ गरी बेलुका धान घरमा ल्याउने किसानहरूले जनाएका छन्। यस कार्यका लागि एक कठ्ठा जग्गाको बालीका लागि एकजना ज्यामी चाहिने किसानले बताए।

यता ठोरी गापा–५ शिवचोकका किसान कल्याण बस्नेतले दुर्ईवटा हार्भेस्टर मेशीन धान कटानीका लागि आएको बताए। मेशीनका कारण कम समय र कम खर्चको लगानीमा धान  भित्र्याइरहेको बताए। यसपालि पनि चैते धानको उत्पादन बढेको उनले बताए। अहिले यो बाली साढे दुर्ई क्विन्टलदेखि तीन क्वीन्टल प्रतिकठ्ठा उत्पादन भएको किसान बस्नेतले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here