प्रस, वीरगंज, ३२ जेठ/

वीरगंज महानगरपालिकाले आव २०८०–८१ को ११ महीनामा ४४ करोड ८० लाख ३३ हजार ८६१ राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताएका छन्।

उनले सम्पत्ति करबाट १५ करोड १६ लाख ३६ हजार ४३५, भूमि/मालपोत करबाट ८३ लाख ९२ हजार ५२४, घरबहाल करबाट पाँच करोड ७२ लाख १६ हजार ६८४, बहाल बिटौरी करबाट २१ लाख ८१ हजार, सवारीसाधन कर (साना सवारी) २३ लाख २१ हजार ५९०, पूर्वाधार सेवा उपयोगमा लाग्ने करबाट दुई करोड ८ लाख २८ हजार, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन करबाट ३९ लाख ३४ हजार ५२५, अन्य मनोरञ्जन करबाट ५ लाख ८६ हजार ३३१ राजस्व सङ्कलन भएको बताए।

यसैगरी, व्यवसाय रजिस्टे«शन दस्तुरबाट दुई करोड २३ लाख ३२ हजार ९३०, अखेटोपहारमा लाग्ने करबाट एक करोड ९४ लाख ६० हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय तीन करोड ३१ लाख ५४ हजार ५३४, अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने रोयल्टीबाट ८२ लाख ८० हजार, निजी धाराबापत शुल्क एक लाख ३७ हजार १८०, अन्य सेवा शुल्कबाट दुई करोड ५६ लाख ५१ हजार ७८७, न्यायिक दस्तुर २७ हजार ६३०, परीक्षा शुल्क २१ हजार ९००, अन्य प्रशासनिक शुल्कबाट ३२ लाख ३६ हजार ८६४, नक्शापास दस्तुर तीन करोड २२ लाख १७ हजार १५८, सिफारिस दस्तुर दुई करोड ३२ लाख २४ हजार ६१४, व्यक्तिगत घटना दस्तुर ३१ लाख ४० हजार ८००, नाता प्रमाणित दस्तुर २० लाख ९४ हजार ६४०, अन्य दस्तुर ५ लाख ७२ हजार ५००, प्रशासनिक दण्ड जरिवान ार जफतबाट ६० लाख एक हजार ६९६, धरौटी जफत एक करोड ६२ लाख २३ हजार २६५, बेरूजुबाट ५१ लाख ५४ हजार ७५४ गरी चालू आवको ११ महीनामा ४४ करोड ८० लाख ३३ हजार ८६१ राजस्व सङ्कलन भएको बताए।

उनले गत वर्ष ४० करोड १० लाख ३३ हजार ८४४ रुपियाँ राजस्व सङ्कलन भएको थियो। गत वर्षको तुलना यो वर्ष चार करोड ७० करोड बढी राजस्व सङ्कलन भएको महाशाखा प्रमुख कर्णले बताए।

उनले आर्थिक वर्ष २०८०–८१ को लागि ७० करोड राजस्व सङ्कलनको लक्ष्य रहेको र गत २०८० पुसमा सम्पन्न नगरसभाले लक्ष्य वृद्धि गर्दै ९० करोड राजस्व सङ्कलनको अनुमान गरेको बताए। उनले चालू आवमा करीब ६५ करोड राजस्व सङ्कलन हुने अनुमान रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here