नरेश यादव पर्सागढी, ३२ असार/

उच्च सरकारी वकील कार्यालय वीरगंजले ‘फौजदारी न्यायको प्रभावकारिता, कानूनी शासन सुनिश्चितता’ नाराका साथ पर्सागढी नगरपालिकास्थित नेरामावि बडेर्वामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कक्षा १० का विद्यार्थीलाई फौजदारी न्याय भनेको के हो, यो कसरी हुन्छ, यस अन्तर्गत कुन–कुन धाराहरू मुद्दा ठहर भएमा लाग्छ जस्ता विषयमा प्रशिक्षण दिइएको थियो।

सहन्यायाधीश रामकुमार थापाले विद्यार्थीहरुलाई प्रशिक्ष्ण दिंदै विद्यार्थी कालमा यस प्रकारको ज्ञान हासिल गर्नुपर्ने बताए।

कार्यक्रममा उपन्यायाधीश ईश्वरदत्त जोशी, सहन्यायाधीश प्रह्लाद मिश्राले प्रशिक्षण दिएका थिए। कार्यक्रममा प्रअ चेतमन दास थारूलगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here